केन्टकी राज्यका गर्भनर म्याट वेभिनले आज राज्यको दुई बर्षको लागि बजेट पेश गर्दै शिक्षासंग सम्बन्धित ७० वटा कार्यक्रमको लागि ६.२५ प्रतिशत खर्च कटौती गर्ने प्रस्ताव गर्नुभएको छ । राज्यको अनुदान दिदै आएका स्कुल र विश्वविद्यालयहरु यसबाट प्रभावित हुने अनुमान गरिएको छ ।
जस्तै राज्यले दिदै आएको स्कुल बस सेवाको १ सय ३८ मिलियन डलरको फण्डमा पनि कटौती गरिएको छ । गर्भनर वेभिनले उक्त रकम जिल्लाहरुमा रहने ९ सय ५० मिलयिन फण्डबाट खर्च गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । तर त्यस्तो फण्ड खर्च गर्न जिल्लाहरुलाई कानुनी जटिलता भएको सरोकारवालाहरुले प्रतिकृया दिएका छन् । बिद्यार्थी, शिक्षक र बिद्यालयका कर्मचारीहरुले पाउदै आएका केही सेवा सुविधाहरुमा पनि कटौती गरिएको छ । बिशेषगरी जेफरशन र फेयटी काउण्टीका बिद्यालयको प्रशासनिक खर्चहरुमा कटौती गरिएको छ । र त्यस्तो खर्च जिल्लाले ब्यहोर्नुपर्ने उहाले बताउनुभएको छ । आज सांझ प्रस्तुत गरिएको केन्टकीको बजेट करीब एक महिनाको बिभिन्न तहको छलफलपछि मात्रै पास हुनेछ ।
केनेपाल न्यूज केन्टकी
No comments:
Post a Comment