Monday, January 15, 2018

केन्टकीको सडकमा अब तपाईले 'गुड जब' पाउनुहुनेछ


अब तपाइले केन्टकीका सडकहरुको बिद्युतीय बोर्डमा यस्तो सन्देश चम्कीरहेको देख्नपाउनुहुनेछ । बिशेषगरी केन्टकी स्टेट संरक्षित ओभरहेड र सडक किनारका बिद्युतीय बोर्डहरुमा,'' GOOD JOB KY ! HWY DEATH DOWN IN"17" यो तपाइ हामी जस्तै चालकको सरहाना गर्दै धन्यवाद दिन गरिएको मेहनत हो ।
केन्टकी पुलीस र केन्टकी अफिस अफ हाइवे सेफ्टीले दुर्घटना घटेको खुशीयालीमा चालकहरुलाई धन्यवाद दिन यस्तो योजना बनाएको हो । केन्टकीमा सन २०१७ मा हाइवेसंग सम्बन्धित दुर्घटनामा परेर ७ सय ७० जनाको मृत्यु भयो । तर यो २०१६ को तुलनामा कमी हो । सन २०१६ मा ८ सय ३४ जनाको मृत्यु भएको थियो ।
सन् २०१३ देखि केन्टकीमा दुर्घटना दर क्रमस घटदै गएको छ । यही दुर्घटना दर थप घटोस भनेर यससंग समन्धित एजेन्सीहरुले बिभिन्न कार्यक्रम संचालन गरिरहेका छन् । लेक्जींगटन हेराल्ड लिडरको सहयोगमा केनेपाल केन्टकी

No comments:

Post a Comment