ह्वाइट हाउसका डाक्टरहरुले राष्ट्रपति डानल्ड ट्रंप को स्वास्थ्य परिक्षणपछि उहामा कुनै किसिमको शारीरीक र मानसिक समस्या नपाइएको बताएका छन् । ट्रंप गता साताबाट ७१ बर्ष पुग्नु भएको छ । त्यसपछि उहाको बिभिन्न् स्वास्थ्य परिक्षणहरु भइरहेका छन् । गत शुक्रबारमात्र मेरील्याण्डको बेथेस्डास्थित वाल्टर रिड मेडिकल सेन्टरमा समेत उहाको पुरै स्वास्थ्य जांच गरिएको थियो ।
ह्वाइट हाउसमा हिजो सांझ आयोजित पत्रकार सम्मेलनमा ट्रंपका डक्टर रोनी ज्याक्सनले भन्नुभयो, 'मलाई उहाको देख्ने, सुन्ने, सोच्ने शक्तिका साथै मानसिक स्वास्स्थ्यलाई लिएर कुनै चिन्ता छैन ।' उहाको स्वास्थ्य दुरुस्त भएको बताउदै ज्याक्सनले अगाडी थप्नुभयो,'लामो स्वास्थ्य जांचपछि जुन तथ्यांकहरु जम्मा गरिएका छन, त्यस अनुसार राष्टपति कार्याकालको दौरान उहाको स्वास्थ्य ठिक रहन्छ , उहाको मुटु र बांकी स्वास्थ्य जति ठिक छ जति रक्सी र सुर्ती सेवन नगर्नेहरुको रहने गर्छ ।'
एक पत्रकारले फ्राइ चिकेन र डाइट कोकमा निर्भर रहने र कसरत नगर्ने (राष्टपतिप्रति लक्षित गर्दै ) को स्वास्थ्य कसरी ठिक रहन्छ भनि गरेको प्रश्नमा डाक्टर ज्याक्सनले भन्नुभयो, 'यसलाई भनिन्न्छ जिनेटिक्स, उहाको जीन्स कमालको छ ।' तर ज्याक्सनले राटपतिलाई कम तेल खाने र धेरै कसरत गर्नाले स्वास्थ्यमा फाइदा पुग्ने सुझाव दिनुभयो ।
ट्रंपको परीक्षण अमेरीकाको पूर्व सैनिक मामला बिभागको 'मन्टीयल काग्नीटबी एसेसमेण्ट'न्यूरोसाइकोलोजिक टेस्ट प्रविधिबाट गरिएको थियो । यो टेस्टमा ब्यक्तिको काममा ध्यान दिने तरीका, भाषा, सोच्ने शक्ति, हिशाब गर्न सक्ने क्षमता र अन्य स्वास्थ्य क्षमताको परीक्षण गरिन्छ ।
हालै प्रकाशित एक बहुचर्चित पुस्तक फायर एण्ड फ्युरीमा लेखक माइकल वुल्फले ट्रंपको मानसिक बिषयहरुमा प्रश्न उठाउनुभएको थियो ।
ह्वाइट हाउसका डाक्टरहरुले ट्रंपको मानसिक अवस्था दुरुस्त रहेको पत्ता लगाउन यहा प्रस्तुत घडीको चित्र जस्तै चित्रण गर्न अनुरोध गरेका थिए । सही देख्ने र सम्झिने समस्याको परीक्षण गर्न न्युरो साइकोलोजिस्टहरुले यो टेस्ट बिधि तयार पारेका हुन । टम्पलाई कागजमा घडीले एघार बजेर दश मिनेट गएको अवस्था चित्रित गर्न भनिएको थियो ।
तपाइ पनि पत्ता लगाउनुस घडीमा कति बजेको छ । ठिक उत्तर आयो भने बुझ्नुस तपाइले पनि टेस्ट पास गर्नुभयो । बीबीसी न्युजको सहयोगमा केनेपाल न्यूज । तस्वीर साभार बीबीसी ।
No comments:
Post a Comment