अमेरीकाको सीमा गस्तीमा जनशक्ति अभाव भएको छ । सीमा गस्तीको जनशक्ति अभाव भइरहदा हायर हुने संख्या भन्दा जागीर छाड्नेहरुको संख्या बढी भएपछि समस्या थपिएको हो ।
सीमा गस्ती ब्यवस्थापन गर्ने एजेण्ट तथा टक्सन युनियन प्रमुख आर्ट डेल कुयतोले भन्नुभयो' हामीसंग जनशक्ति अभाव छ । हामी जति हायर गर्छौ त्यो भन्दा बढी हामी गुमाउछौ ।'
हालै सीमा गस्ती सम्बन्धि सार्वजनिक भएको एक रिपोर्ट अनुसार नौ सय पांच जना हरेक बर्ष गुमाउनु परेको अवस्थामा ५ सय २३ मात्र हायर गरिन्छ ।
केही अवकास पायर बाहिरिन्छन भने धेरैजसो बढी सेवा सुविधा भएको जागीरको अवसर पाएर बाहिरिने गरेको बताइन्छ । पांच देखि दश बर्ष सीमा गस्तीमा सेवा गरेपछि फेडरल एजेन्सीको अरु आकर्षक जागीर पाउने भएपछि सीमा रक्षकहरु यहाबाट बाहिरिने गरेका छन् ।
सीमा रक्षाको क्रममा दुर्गम ठांउमा बस्नुपर्ने भएकोले परीवारको हेरबिचारमा समस्या भएको धेरैको गुनासो छ ।सीमा रक्षकहरुको सुरुवाती तलब बार्षीक ४९ हजार डलर रहेको छ । उनीहरुलाई तालिम दिएर अन्तिम भर्ना गर्न नौ महिना समय लाग्ने गरेको छ । धेरै जना पोलिग्राफि जाचमा समेत फेल हुने गरेका छन् । राष्टपतिको हालैको कार्यकारी आदेश पुरा गर्न बार्षीक ३ हजारका दरले पांच बर्षसम्म् सीमा सुरक्षा गस्ती हायर गर्नुपर्नेछ । यो अहिलको भन्दा तीन गुना बढी संख्या हो । सीमा क्षेत्रबाट हुने मानबदेखि सबै प्रकारका तस्करी रोक्नु यो फोर्सको उदेश्य हो ।
फक्स न्यूजको सहयोगमका केनेपाल केन्टकी/तस्वीर एपी
No comments:
Post a Comment