एक जना मान्छे ननिदाइ कति दिन वा समय बस्न सक्छ ?अहिलेसम्म् अमेरीकाका दुइ बिद्यार्थीले बैज्ञानिक प्रयोगको लागि तथा नयां रेकर्ड बनाउन ११ दिन २५ मिनेट नसुतेर विताएका छन् । तर बैज्ञानिक प्रयोगको क्रममा एक रसायनका साथ जगाइएको विरालो भने १५ दिन सम्म् निदाउन नपाएपछि मरेको थियो ।
रेंडी गार्डनर र ब्रुस मेकएलिस्टरले ११ दिन २५ मिनेटसम्म ननिदाएर रेकर्ड बनाएका थिए । ६० को दशकमा बैज्ञानिकहरुले मान्छे ननिदाइकन कति समयसम्म् बस्न सक्छ भने अनुसन्धान गरिरहेका थिए भने १७ बर्षीय रेंडी होनोलुलु का एक डिजेले बनाएको ११ दिनसम्म् ननिदाएको रेकर्ड तोडन चाहन्थे ।
युवाहरुको उक्त कार्यको अनुसन्धान गरिरहेका बैज्ञानिक विलियम डीमेंटले ननिदाइ रात काट्न मुश्किल परेको अनुभव सुनाए । हाल क्यालिफोर्नियको स्टेनफोर्ड युनिभर्सिटीमा प्रोफेसर रहेका डिमेंटले भने, उनीहरु दिनभर बास्केटबल खेल्थे तर रात काट्न उनीहरुलाई सिमति सामाग्री प्रदान गरिएको थियो ।
उक्त अवधिमा ति युवाहरुलाई फरक फरक स्वाद चखाएर तथा गन्ध सुंघाएर बैज्ञानिकहरुले परीक्षण गरेका थिए । सो क्रममा ननिदाएका युवाहरुको ज्ञान क्षमता क्रमस कमजोर हुदै गएको पाइएको तर बास्केटबल खेल्ने क्षमता भने बढेर गएको पाइएको थियो ।
११ दिन २५ घण्टाको रेकर्ड पूरा गरेपछि रेंडी लगातार १४ घण्टासम्म् निदाएको र वाथरुम जानुपर्ने भएपछि मात्र उनी ब्युझिएका थिए । सुरुमा कुनै समस्या नभएपनि पछि ति युवालाई निन्द्रा नलाग्ने समस्या देखिएको थियो ।
बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज केन्टकी/तस्वीर सांकेतिक मात्र हो यसको समाचारसंग समन्ध छैन ।
No comments:
Post a Comment