Friday, January 19, 2018

लुइभीलका एशीयन रेण्टुरेण्टहरुमा फेडरल छापा/ पांच पक्राउ


केन्टकी लुइभीलमा रहेका केही एसीयन बफे रेष्टुरेण्टहरु अनुसन्धानमा तानिएका छन् । हेल्थ इन्स्पेक्टर र फेडरल एजेण्टहरुले क्रमस केही बफेहरुमा छापा मारेर केहीलाई पक्राउ समेत गरेका छन् ।
लाग्रेन्जको मार्केट स्टीटमा रहेको जम्वो वफे, सेलबीभीलको होवार्डमा रहेको एशीयन बफे र इष्ट ब्रुक कोर्टमा रहेको ग्राण्ड बफेमा छापा मारिएको हो ।
फेडरल रेड अन्र्तगत जम्वो वफेका पांच कामदारहरुलाई सोधपुछका लागि फेडरल एजेण्टहरुले नियन्त्रणमा लिएका थिए ।ति कामदारहरुसंग कानुनी कागजात नभएको आशंका गरिएको छ। यसैगरी उक्त वफेको अनरको निवासमा समेत छापा मारिएको बताइएको छ । सो क्रममा कम्फ्युटर र कागजात समेत नियन्त्रणमा लिइएको थियो ।
छापापछि जम्वो वफे दुई दिन बन्द भएको थियो ।
त्यसैगरी हेल्थ इन्सपेक्टरहरुले ग्राण्ड बफेमा म्याद नाघेका खानाहरु पाइएको, खानाको तापक्रमको मापदण्ड पूरा नगरिएको लगायतका बिषय फेला परेपछि उक्त रेष्टुरेण्टपनि केही दिनको लागि बन्द भएको थियो । फेडरल एजेण्टहरुले छानबीन नसकिएको जनाएका छन् । केनेपाल न्यूज केण्टकी लुइभील

No comments:

Post a Comment