Wednesday, January 24, 2018

लुइभीलमा फ्लुबाट ८ को मृत्यु /अझै १२ हप्ता यसको प्रभाव


महामारीको रुपमा फैलिएको फ्लुबाट लुइभीलमा ८ जनाको मृत्यु भएको छ । केन्टकी डिपार्टमेन्ट अफ पब्लीक हेल्थले आज बुधबार विगत बर्षहरुको तुलनामा यसपाली फ्लु महामारीको रुपमा फैलिएको जनाएको हो । केन्टकीको आधा भागमा फ्लु फैलिन थालेको आज छैठौ साता हो । अगस्टदेखि आज सम्म केन्टकीमा ६५ जना र मेट्रो लुइभील क्षेत्रमा ८ जनाको फ्लुको कारण मृत्यु भएको आज जानकारी दिइएको छ ।
युनिभर्सिटी अफ मेरिल्याण्डको नयां अध्ययनले फ्लु गफ गर्दा समेत फैलिने गरेको ले हाछीउ गर्दा तथा खोक्दा मात्र फ्लु फैलन्छ भन्ने तर्क गलत भएको बताएको छ ।
 खासगरी  H3N2 virus  भाइरस विगत बर्षहरु भन्दा पहिलेनै यसपाली देखापरेको  बताइएको छ । नर्टन हेल्थ केयरका डा.पल शुलले बिगत बर्षमा यो भाइरस  बृद्ध तथा केटाकेटीमा बढी संक्रमण भएको पाइएपनि यो बर्ष सबै उमेर समूहमा फैलिएको पाइएको बताउनुभयो ।
H3N2 भ्याक्सिनले फ्लुलाई पूर्ण रुपमा रोक्न नसकेपनि यसले त्यसको जिवाणुलाई कमजोर पार्ने चिक्त्सिकहरुको भनाइ छ । यो सिजनमा तपाइ फ्लुबाट संक्रमित भएपनि यो विरुद्धको भ्याक्सिन लाउनुपर्ने तर्क गर्दै केन्टकीका स्वास्थ्य अधिकारीहरुले यो दुइ तीन प्रकारको हुनाले भ्याक्सिले रोकथाममा मद्धत गर्ने बताएका छन् ।
 भ्याक्सिन प्रभावकारी नभएको समाचारहरु आइरहदा स्वास्थ्य अधिकारीहरुले यसको प्रभावकारीतामा शंका नगर्न समेत आग्रह गरेका छन् । स्वास्थ्य विभागले फ्लुको प्रभाव अझै १० देखि १२ हप्तासम्म रहने अनुमान गरेको छ । केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment