अमेरीकाको ओलम्पिक जिमनास्टिक्स टिमका पूर्व डाक्टर लेरी नस्सारलाई यौन उत्पीडनको मामलामा १ सय ७५ बर्षको जेल सजाय सुनाइएको छ । १ सय ६० पीडितको बयानपछि उनलाइ अदालतले यो सजाए सुनाएको हो ।
नस्सारले माफी माग्ने प्रयास गरेका थिए तर न्यायाधीशले बाकी जिन्दगी अध्यारोमा बिताउने लाएक भन्दै सजाए सुनाएका थिए । नस्सारलाई कयौ केटीहरुसंग यौन उत्पीडनको दोषी पाइएको थियो जसमा ओलम्पिक खेलाडीहरु समेत रहेका छन् । ५४ बर्षका नस्सारलाई चाइल्ड पोर्न राखेको अभियोगमा यसअघि नै ६० बर्षको जेल सजाए सुनाइ सकिएको छ ।
जज रोजमेरी अकीलीनीले नस्सारलाई जेल सजाए सुनाउदै भन्नुभयो, 'सर्भाइभर महिलाको कुरा सुन्नु मेरो लागि जति सम्मानको बिषय हो त्यति नै सम्मान तपाइलाई सजाए सुनाउनु पनि हो । किनकी सर, तपाइ जेलको दिवाल भन्दा बाहिर आउन लाएकको हुनुहुन्न ।' उहाले थप्पनुभयो, 'मैले अहलिे तपाइको मृत्युको वारेण्टमा हस्ताक्षर गरिदिए ।'
पीडितहरुले एक सातादेखि बयान दिइरहेका थिए र अन्त्यमा नस्सारलाई भनाइ राख्न दिइएको थियो । उनले भने,'म संग यहा भन्ने शब्द नै छैन ।जे भयो त्यसको लागि म कति पश्चतापमा छु ।'
उनले कयौ महिला खेलाडीलाई उपचारको लागि बोलाउथे र यौन दुरब्यवहारको प्रयास गर्थे । बीबीसी न्यूजको सहयोगमा केनेपाल केन्टकी
No comments:
Post a Comment