केन्टकीको मार्शल काउण्टी हाइस्कुलमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुइ बिद्यार्थीको अन्तिम श्रद्धान्जली तथा अन्त्येष्टीको कार्यक्रम तय गरिएको छ । घटनामा १५ बर्षीया बेइली हल्ट र अर्का १५ बर्षीय प्रेष्टन कोपको मृत्यु भएको थियो ।
मार्शल काउण्टी हाइस्कुलको कण्डर मेमोरियल जिमनेजियममा भोली शनिबार अपरान्ह ४ बजे देखि ९ बजेसम्म दुबै छात्रको अन्तिम श्रद्धान्जली कार्यक्रम तय गरिएको छ ।
प्रेस्टनको फ्युनरल मार्शल काउण्टी हाइस्कुलको कण्डर मेमोरियल जिमनेजियममा आइतबार ३ बजे अपरान्ह हुनेछ । अन्तिम संस्कार भने मार्शल को. मेमोरी गार्डेनस बेंटनमा गरिनेछ ।
त्यसैगरी बेइलीको फ्युनरल कार्यक्रम ट्वीन लेक्स वरसीप सेन्टरमा आइतबार मध्यान्ह १ बजेको लागि तय गरिएको छ । कलर्भट सिटीको मुलीनेक्समा उनको अन्तिम संस्कार गरिनेछ ।
No comments:
Post a Comment