Thursday, January 25, 2018

बन्दुकको हिंशा 'सांस्कृतिक समस्या' गर्भनर म्याट वेभिन


केन्टकी राज्यका गर्भनर म्याट वेभिनले बन्दुकको हिंशा सांस्कृतिक समस्या भएको बताउनुभएको छ । मार्शल काउण्टी हाइस्कुलमा भएको हिंशाको घटनापछि आज राती सोसल मिडियामा भिडियो  सम्वोधन गर्दै वेभिनले नियम कानुन भन्दा प्रभावी तर गहिरो संवाद सुरु गर्न लागेको जानकारी दिनुभएको छ ।
'दुष्टले कानुनको मतलब गर्दैन । जब मान्छेले कानुन तोड्छ, उसले यो भन्दैन कि म यो चाही कानुन मान्छु र यो चाहि मान्दिन', वेभिनले सम्बोधनमा भन्नुभएको छ , 'वास्तविकता त यो हो,  अमेरिकामा सांस्कृतिक समस्या छ ।' उहाको यो भनाइ कानुन बनाउदैमा या संशोधन गर्दैमा मात्रै उपलब्धि प्राप्त हुदैन भन्नेमा केन्द्रित छ ।
रिपब्लिकन पार्टी समर्थित वेभिनको यो भनाइलाई आलोचकहरुले बन्दुकको नियन्त्रणमाथि भइरहेको बहसको विपक्षमा अर्थ्याएका छन् ।। डेमोक्रेटहरुले बन्दुक नियन्त्रण गर्न कडा कानुन बनाइनुपर्ने मांग गरिरहदा रिपब्लिकन पार्टीले यसलाई अमेरीकाको परम्परासंग जोड्दै  बचाउ गर्दै आएको छ ।
उहाले मार्शल काउण्टी स्कुलको गोलीबारीको घटनापछि अहिले दुनियाको ध्यान केन्टकीतर्फ तानिएको बताउदै बुवा आमाले आफ्ना नानीहरुलाई हिंसक फिल्म, भिडियो गेमबाट टाढा राख्न सचेत हुनुपर्ने पनि बताउनुभयो । उहांले परिवर्तन घरबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।


यसैबीच मार्शल काउण्टी हाइस्कुलमा भएको गोलीकाण्डपछि केण्टकी र आसपासका राज्यका स्कुलहरुको सुरक्षालाइ लिएर विभिन्न अफवाहाहरु फैलिएको छ । यसलाई सुरक्षा निकायले गम्भीरताका साथ लिएको छ ।
केन्टकीको हेनरी काउण्टीको बिद्यालयमा सम्भावित हिंशाको कुरा गरेको अभियोगमा दुई विद्यार्थीलाई आज पक्राउ गरिएको छ । विहिबार हेनरी काउण्टी पब्लिक स्कुलका सुपरिटेण्डेण्टले अभिभावकहरुलाई चिट्ठी पठाउदै त्यसबारे जानकारी दिएका छन् । उनले सोसल मिडियाहरुमा फैलिएको अफवाह पछि नलाग्न समेत अभिभावकहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी एक संकास्पद धम्कीको को छानबीनको लागि  भन्दै पाओली कम्युनिटी स्कुल आज दुइ घण्टा ढीला खुलेको छ ।
त्यसैगरी छिमेकी इण्डियाना राज्यमा पनि सोसल मिडिया मार्फत धम्की आएको भन्दै इष्ट वासिंटन स्कुल बिहीबार बन्द गरियो । एक विदेशी सोशल मिडियाबाट धम्की दिइएको थियो । तर उक्त मिडियाको विश्वनियतामा शंका गरिन्छ ।
केनेपाल न्यूज केण्टकी, लुइभील

No comments:

Post a Comment