Monday, January 29, 2018

इण्डियानामा चुरोट किन्न् अब २१ बर्ष


छिमेकी राज्य इण्डियानामा चुरोटका उपभोत्ताहरुको उमेर बढाइएको छ । अब त्यहा चुरोट किन्न २१ बर्ष भन्दा माथिको उमेर हुनुपर्छ । यसअघि १८ बर्ष भन्दा बढी उमेर समूहकाले चुरोट खरीद गर्न पाउथे । हाउसको पब्लिक हेल्थ कमिटिमा डेमोक्रेट तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य चार्ली ब्राउनको उक्त प्रस्तावमा नौ मत परेको थियो भने विपक्षमा शुन्य मत परेको थियो । आज उक्त प्रस्ताव पारित भएपछि यो कानुन बन्नेछ ।
तर चुरोटको प्रति प्याकेट १ डलरबाट बढाएर ३ डलर ट्याक्स पुऱ्याउने प्रस्ताव भने पारित हुन सकेन ।
ध्रुमपान र त्यसबाट उत्पन्न रोगहरुबारे इण्डियाना अमेरीकाको प्रभावित राज्यहरुमध्येको एक हो ।
प्रस्तावक ब्राउनले यसबाट राज्यले आर्थिक बचत गर्नुका साथै जनस्वास्थ्यमा उल्लेख्य सुधार आउने विश्वास ब्यक्त गर्नुभएको छ । केनेपाल केन्टकी

No comments:

Post a Comment