Monday, January 29, 2018

बन्दुकको हिंशा यसरी बढ्दैछ केन्टकीमा तर कानुन........


बन्दुकको हिंशा बर्षेनी बढेपछि लुइभीलका मेयरले यसलाई कानुनी रुपमै नियन्त्रण गर्न पहल थाल्नुभएको छ । मेयर जर्ज फिशरले कानुन निर्माता बिधायकहरुलाई लुइभीलमा बन्दुकबाट बढेको अपराधबारे ध्यानाकर्षण गराउदै यसको नियन्त्रणको लागि कानुन बनाउन जोड दिनुभएको छ ।
सन २०१८ को लागि डेमोक्रेटहरुको मेट्रो काउन्सिलमा एजेण्डा प्रस्तुत गर्दै उहाले बन्दुकबाट हुने अपराधको लागि कडा कानुनी सजाएको ब्यवस्था हुनुपर्नेमा जोड दिदै अपराधमा संलग्न भइसकेकाहरुलाइ बन्दुकविहिन बनाउनुपर्ने र अपराध दोहोऱ्याउनेहरुलाई सजाए पनि बढाउदै लानुपर्ने प्रस्ताव गर्नुभएको छ ।
दुई बर्ष यता लुइभीलमा रेकर्ड ब्रेक अपराध बढेको छ । लुइभील मेट्रो पुलीसले गरेको १ सय ७ हत्याको अनुसन्धानमा गत बर्ष ८० प्रतिशत बन्दुकबाट भएको पाइएको छ ।
त्यसैगरी वितेको बर्ष मात्र लुइभील पुलीस डिपार्टमेण्टको नवौ  मोवाइल डिभिजन ( जो धेरै अपराध हुने क्षेत्रमा खटिन्छ ) ले विभिन्न प्रकारको ६ सय ३५ बन्दुक नियन्त्रणमा लिएको बताएको छ । ति बन्दुक नियन्त्रण गरिएकाहरुमध्ये आधा जसोले विगतमा बिभिन्न कानुनी सजाए भोगिसकेकाहरु रहेको पुलिसको भनाइ छ ।
एक गैरसरकारी संस्था द फाउण्डेशन फर अ हेल्थी केन्टकीले गरेको एक अध्ययन अनुसार केण्टकीका करीब  १२ प्रतिशत परिवारले असुरक्षित तरिकारले हतियार राख्ने गरेको पाइएको बताएको छ । जुन परिवारमा बच्चाहरु समेत बसोवास गर्छन ।
बन्दुकको हिंशाबारे विभिन्न बहसहरु भइरहदा रिपब्लिकन पार्टीको बहुमत रहेको  स्टेट हाउस र सिनेटमा यस सम्बन्धि धेरै प्रस्ताव दर्ता भएका छन् । लुइभीलबाट स्टेट डेमोक्रेटिक रेप्रेजेन्टेटिभ जीम वेनले १८ बर्षसम्मका युवाहरु भएको घरमा बन्दुक राख्नेले अनिवार्य सेफमा बन्दुक राख्नुपर्ने जस्ता प्रावधान राखेर बन्दुक नियन्त्रण सम्वन्धि बिधेयक प्रस्ताव गर्नुभएको छ । तर केही रिपब्लिकन पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिहरुले भने बन्दुक नियन्त्रण भन्दा पनि बन्दुक राख्न सहज हुने खालको बिधेयक प्रस्ताव गरेका छन् । हालै मात्र मार्शल काउण्टीमा भएको गोलीकाण्डपछि गर्भनर म्याट वेभिन जो रिपब्लिकन पार्टीबाट हुनुहुन्छले हिंशाको लागि बन्दुक कारक नभएको तर्क दिनुभएको थियो । । केनेपाल न्यूज केन्टकी

No comments:

Post a Comment