Tuesday, January 30, 2018

'लुइभील ११ औ खतरनाक शहर'


यूएस प्रहरीका उच्च् अधिकारीले लुइभीलमा दुइ बर्षदेखि अपराध दोब्बर भएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । यूएस एटर्नी जनरल जेफ सेसन्सले आज लुइभीलमा केन्टकीका बरिष्ठ सुरक्षा अधिकारीहरुसंगको छलफलमा ड्रग र माफियाको कारण अपराधमा बृद्धि भएको भन्दै अमेरीकामा नै मृत्यु हुनेहरुको संख्या मध्ये ड्रगको ओभरडोजको कारण ५० प्रतिशतले ज्यान गुमाइरहेको जानकारी दिनभयो ।
कार्यक्रममा केन्टकी राज्यका  ४० जना मुख्य सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । उहाले लुइभीललाई मुख्य प्रहरी संगठनले अमेरीकाकै ११ औ खतरनाक शहरहरुमध्ये को एकमा इंगित गरेको तर्फ स्थानीय सुरक्षा अधिकारीहरुको ध्यानाकर्षण गराउदै अपराध र ड्रगको रोकथामको लागि भइरहेको बिभिन्न प्रयासको जानकारी लिनुभयो । के नेपाल न्यूज केन्टकी

No comments:

Post a Comment