'सम्झनाको लागि उनीसंग विताएको सुन्दर १५ बर्षको तस्वीर र यादहरु मात्र बांकी छ' , आंखाभरी आंसु पार्दै उनले भनिन 'उनका साथीहरु र परिवारका अन्य सदस्यसंग पनि यस्तै अनुभव हुनुपर्छ । ' मंगलबार विहान केन्टकीको मार्शल काउण्टी हाइस्कुलको गोली काण्डमा मृत्यु भएकी १५ बर्षीय छात्रा बेली हल्टकी आमाले एनबीसी न्यूजलाई दिएको अनतरवार्तामा छोरीवारे उक्त कुरा स्मरण गरेकी हुन ।
उनलाई अझै पनि छोरीले उल्टो टेनिस जुत्ता लगाएको र उनले लगाएका लुगाहरुको झझल्को आइरहन्छ । उनले छोरीलाई थप यसरी सम्झना गरिन,' म काममा जानुअघि हरेक बिहान उनलाई किस गर्थे ।अनि म उनलाई भन्ने गर्थे म तिमीलाई एकदम माया गर्छु ।'
घटनाको दिन विहानको वर्णन गर्दै उनले सुनाइन, 'स्कुलमा गोली काण्ड सुनेपछि वारम्वार हामीले उनको सेलफोनमा सम्पर्कको प्रयास गरिरह्यौ । मैले फोनमा वारम्वार उनको नाम उच्चारण गरिरहे । तर कुनै जवाफ आएन । मलाई लाग्यो, उनी बाटोमा होलिन'
उनले छोरीको सम्झनाहरु ब्याख्या गर्दै अगाडी थपिन, 'म उनको मुस्कान सधै मिस गर्छु ।त्यो सुन्दर मुस्कान । उनी अत्यन्तै सुन्दर र स्मार्ट थिइन । मायालु स्वभावकि बिशाल हृदयकी धनी ।'
घटनाको दिन मंगलबार विहान पनि छोरीलाई स्कुल जानुअघि अंकमाल गर्दै किस गरेको स्मरण अझै उनीसंग ताजै छ । तर त्यो क्षण नै जीवनको अन्तिम क्षण् बन्यो ।
मंगलबार विहान मार्शल काउण्टी हाइस्कुलमा एक १५ बर्षे स्कुले छात्रले चलाएको अन्धाधुन्ध गोली लागेर दुई विद्यार्थीको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । केनेपाल न्यूज , लुइभील केन्टकी/तस्वीर मृतक बेली हल्टको हो । तस्वीर साभार एनवीसी न्यूज
No comments:
Post a Comment