Sunday, February 11, 2018

रुसी विमान दुर्घटनाग्रस्त /७१ जनाको मृत्यु


मस्कोको दमदजियदवा विमानस्थलबाट उडेको एक रुसी यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । चालक दलका सदस्य सहित विमानमा ७१ जना सवार थिए ।
सारातोफ एयरलाइन्सको उक्त विमान उडान भरेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो । मास्कोबाट ८० किलोमिटर टाढा दक्षिण पूर्व अरगुनोवो गाउं नजिक विमान दुर्घटनाग्रस्त भएको हो ।
रुसी मिडियाले त्यहाका सरकारी अधिकारीकारीहरुको हवाला दिदै दिएको समाचारमा विमानमा सवार सबैको मृत्यु भएको छ । विमानमा ६५ जना यात्रु र बाकी ६ जना चालक दलका सदस्य थिए ।
एन्टोनफ एन १४८ कल साइनको उक्त विमान कजाकिस्तानको सीमा नजिक युराल्सको ओरस्क भन्ने ठाउमा जादै थियो ।
दुर्घटनाको एक तस्वीर जारी गरिएको छ जसमा हिउ जमेको इलाकामा विमानका भगनावशेषहरु देखिएको छ । रुसको गजेटा डट आरयू वेभसाइटले एक जांचकर्ताको भनाइ उदघृत गर्दै चालकले विमानमा खरावी आएकोबारे जानकारी दिएको र आपतकालीन अवतरणको लागि अनुरोध गरेको समाचार दिएको छ ।
एयरलाएन्स क्षेत्रको अनुगमन गर्ने वेभसाइट फ्लाइटरडार २४ले ट्वीट गर्दै उडान भरेको ५ मिनेटपछि उक्त विमान एक हजार मिटर प्रति मिनेटको गतिको साथ तल झर्दै गरेको बीबीसी न्यूजले उल्लेख गरेको छ ।
गत बर्ष विश्वकै हवाइ क्षेत्रको लागि सुखद थियो । किनकि गत बर्षभरी विश्वमा मानवीय क्षति हुनेगरी कुनैपनि यात्रुवाहक विमान दुर्घटना भएनन ।तस्वीर क्रेडिट रोयटर्स /न्यूज एजेन्सीहरुको सहयोगमा केनेपाल न्यूज केन्टकी /लुइभील

No comments:

Post a Comment