ओहायो नदीमा पुल थपिएपछि लुइभीलको ट्राफिक अवस्थामा सुधार आएको एक अध्ययनले देखाएको छ । लुइभील धिमा गतीमा गाडी चलाउनुपर्ने भिडभाडयुक्त विश्वकै शहरहरुमध्ये ४ सय ९९ औ स्थानमा परेको छ । गत बर्ष लुइभीलको स्थान २ सय ९४ औ मा थियो ।
बिहान र साझको ब्यस्त समयमा लुइभीलका सवारी चालकहरुले गत बर्षभन्दा सडकमा कम समय खर्चनु परेको अध्ययनले देखाएको छ ।
विश्वकै सडक यातायातको अवस्था अध्ययन गर्ने संस्था INRIX ले हरेक बर्ष यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक गर्छ ।
सन २०१७ मा लुइभीलका प्रत्येक सवारी चालकले धीमा गतिको ट्राफिकको कारण औसतमा १७ घण्टा ब्यर्थमा खेर फाल्नु परेको थियो । तर यो सन २०१६ को तुलनामा धेरै सुधार हो । सन २०१६ मा एक चालकले सवारी चापको कारण सुस्त गतीमा गाडी चलाउनु पर्दा एक बर्षमा औसत २३ घण्टा समय ब्यर्थमा खेर फाल्नु परेको थियो । शहरको ट्राफिक जामको कारण सवारी चालकहरुको ६ प्रतिशत समय ब्यर्थमा खर्च भएको अध्ययनले बताएको छ ।
सिनसिनटी र ओहायोको कोलम्बस भन्दा लुइभीलको सडक यातायात अली चुस्त पाइएको छ तर तर सुस्त गतीको सडकको मापनमा अमेरीकाको शहरहरुमध्ये लुइभील ७९औ स्थानमा पर्छ । २.३ विलियनको ओहायो नदी पुल योजना पूरा भएपछि डाउनटाउन क्षेत्रको आवागमनमा समेत सुधार भएकोले विहान र बेलुका सडकमा चाप घटेको हो । यसले लुइभीलको यातायात सुस्ततामा सुधार देखापरेको हो । सन २०१६ को अन्तिमबाट उक्त पुल संचालनमा आएको छ ।
लस एन्जलस अमेरीकाकै सबैभन्दा धेरै स्लो ट्राफिक भएको शहरमा परेको छ । अध्ययनले एक चालकले एक बर्षमा लस एन्जलसका ब्यस्त सडकमा औसतमा १ सय २ घण्टा समय टाफिक जाममा बवार्द गर्नु परेको देखाएको छ ।
केनेपाल केन्टकी लुइभील
No comments:
Post a Comment