ट्रम्प प्रशासनले फुड स्टाम्पको दुरुपयोग रोक्ने भन्दै प्याकेटको खाद्यान्न वितरण गर्ने प्रस्ताव गरेको छ । फुड स्टाम्पलाई प्रतिस्थापन गरेर ल्याउन लागिएको Harvest box प्याकेजमा दुध, पास्टा, पिनटबटर, फलफुल माशु लगायतका खाद्यान्न समावेश गर्ने प्रस्ताव गरिएको छ ।
निम्न आय भएका, अशक्त, बृद्ध र वालवालिकालाई प्रवाह गर्दै आएको फुड स्टाम्प सुविधा हाल ४२ मिलियन अमेरीकीहरुले प्राप्त गरिरहेको बताइएको छ ।
नया ब्यवस्था लागू भएमा १ सय ३० मिलियन डलर बचत हुने टम्प प्रशासनको अनुमान छ । हाल फुड स्टाम्पको सुविधा लिइरहेकालाई इवीटी डेविट कार्ड दिइन्छ र सेवाग्राहीले तोकिएको स्टोरमा तोकिएको सामाग्री किन्ने प्रावधान छ ।
ट्रम्प प्रशासनले प्रस्ताव गरेको उक्त हारभेस्ट वक्समा रहेको खाद्यान्नहरु अमेरीकामै उत्पादन भएको र उक्त प्याकेजलाई डेलिभरी गरिने प्रस्ताव गरिएको छ ।
९० डलर भन्दा बढीको इबीटी प्राप्त गरिरहेकाहरुलाई प्याकेटको प्रस्ताव गरिएकाले १६.४ मिलियन परिवार अर्थात ८१ प्रतिशत नयां ब्यवस्थाबाट प्रभावित हुने बताइएको छ । राष्टपति डानल्ड ट्रम्पले अर्को बर्षको बजेटमा यो कार्यक्रम प्रस्ताव गर्ने तयारी गरिरहेका छन् ।
सीएनवीसी न्यूजको सहयोगमा केनेपाल केन्टकी लुइभील
No comments:
Post a Comment