सन २०१८ को दुइ महिना पनि पूरा हुन पाएको छैन । तर अमेरीकामा सन २०१८ सुरु भए यता १८ वटा बिद्यालयहरुमा गोलीकाण्ड भइसकेको छ । आज एक शिक्षक सहित १७ बिद्यार्थीले ज्यान गुमाएको फ्लोरिडाको बिद्यालय १८ औ बिद्यालय हो जसमा यो बर्षको डेढ महिनामै दूर्भाग्यपूर्ण गोलीकाण्डको घटना भएको छ ।
स्कुलबाट रेस्टिकेड भइसकेका १९ बर्षीय पूर्व बिद्यार्थी निकोलस क्रुजले चलाएको गोली लागि आज फ्लोरिडाको मर्जरी स्टोनम्यान डगलस हाइस्कुलमा एक शिक्षक सहित १७ जना बिद्यार्थीको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् ।
निकोलसले बिद्यालयको फायर अलार्म बजाएपछि बिद्यार्थीहरुबीच भागदौड मच्चिएको समयमा एआर १५ बन्दुकले अन्धाधुन्ध गोली चलाएका थिए । निकोलसलाई प्रहरीले हिरासतमा लिएको छ । फ्लोरिडालाई अमेरीकाको तेश्रो सुरक्षित शहरको रुपमा लिइन्छ ।
यो बर्षको डेढ महिनामा अमेरीकाको १३ वटा स्टेटका १८ बिद्यालयमा अहिलेसम्म गोलीकाण्ड भइसकेको छ । पछिल्लो पटक फेब्रुअरी ८ मा न्यूयोर्कको मेट्रोपोलिटान स्कुलमा गोलीकाण्ड भएको थियो । तर उक्त घटनामा कोही पनि घाइते नभएको प्रहरीको भनाइ छ ।
टेक्सास, क्यालिफोर्निया र मिसिगनको स्कुलहरुमा डेढ महिनामै दुइ दुइ वटा विद्यालयमा गोलीकाण्ड भइसकेका छन् । जनबरी २३ मा केन्टकीको मार्शल स्कुलमा भएको गोलीकाण्डमा समेत दुइ जना बिद्यार्थीको ज्यान गइसकेको छ भने दुइ दर्जन बढी घाइते भएका थिए ।
सन २०१३ यता मात्रै अमेरीकाको २ सय ९१ वटा बिद्यालयमा गोलीकाण्ड भएका छन् । जसलाई औसतमा हिसाब गर्दा यो संख्या हप्तामा एउटा हुन आउछ ।
केनेपाल न्यूज केन्टकी लुइभील
No comments:
Post a Comment