Thursday, February 15, 2018

डिभि लोटरी खारेज गर्ने बिधेयक अमेरीकी सिनेटमा फेल


डिभि लोटरी भिसाको अन्त्य गर्ने लगायतका आप्रवासन सम्बन्धि तीन वटा बिधेयक आज अमेरीकी सिनेटबाट पारित हुन सकेन । राष्टपति डानल्ड ट्रम्पको चार खम्बे आप्रवासी नियन्त्रण योजना तथा डेमोक्रेटहरुले प्रस्ताव गरेको डिमर्स अर्थात डाका बिधेयक लगायतका आप्रवासन सम्बन्धि तीन छुट्टा छुट्टै बिधेयक सिनेटबाट पारित हुन नसकेको हो । ति तिनै बिधेयकले ६० मत पाउन सकेनन ।
बाल्यकालमा अभिभावसंग अमेरीका आएका करीब २० लाख जनालाई नागरिकता प्रदान गर्ने कानुनी बाटोमा लैजान बाटो खोल्ने उदेश्यले प्रस्ताव गरिएको दुइ दलीय बिधेयक असफल भएको हो । जसलाई रिपब्लिकन र डेमोक्रेट पार्टीका केही सिनेटरहरुको समर्थन रहेको थियो । तर उक्त बिधेयकलाई ह्वाइट हाउसको समर्थन थिएन ।
दुइ दलिय समर्थनमा प्रस्तावित उक्त बिधेयकको पक्षमा ५४ मत र विपक्षमा ४५ मत परेको थियो । बिधेयक पारित हुन ६० मतको आवश्यक पर्छ । ह्वाइट हाउसले उक्त बिधेयकको विपक्षमा भिटो प्रयोग गर्ने चेतावनी दिएको थियो ।
त्यसैगरी ह्वाइट हाउसको तर्फबाट प्रस्तुत गरिएको मेक्सिकोसंगको सीमामा पर्खाल, डिभि लोटरी भीसा तथा चेन माइग्रेशन लगायतका ट्रम्पको चार खम्वे इमिग्रेशन नीतिलाई समेटिएको बिधेयक पनि फेल भएको छ । जसमा मतदान हुदा पक्षमा ३९ मत र विपक्षमा ६० मत खसेको थियो ।
त्यसैगरी इमिग्रेशनसंगै सम्बन्धित अर्को बिधेयक समेत मतदानमा असफल भएको छ । बिधेयक पारित नभएपछि टम्पको चार खम्बे अध्यागमन योजना तत्काललाई असफल भएको छ ।
केनेपाल न्यूज केन्टकी

No comments:

Post a Comment