Thursday, February 15, 2018

'गोलीबारीपछि क्रुज ह्यामबर्गर खान पुगेको थियो '


फ्लोरिडाको बिद्यलायमा भएको गोलीकाण्डमा संलग्न पक्राउ भएको समाचार त आयो तर उनी कतिबेला पक्राउ परे अनि त्यतिबेला उनी के गर्दैथिए भन्ने तथ्य आश्चर्यलाग्दो छ । फ्लोरिडा प्रहरीले आज गोलीकाण्डमा सलग्न १९ बर्षे निकोलस क्रुजबारे केही तथ्यहरु सार्वजनिक गरेको छ । प्रहरीले यसलाई सुनियोजित अपराध भनेको छ ।
क्रुजले गोलीकाण्ड गरेको बिद्यालयसम्म पुग्न उबर ट्याक्सी प्रयोग गरेको थियो ।  ट्याक्सी चालकले निकोलसको योजनाबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छिन । क्रुजले एउटा कालो ब्याग भिरेको थियो जो गोलीले भरिएको थियो ।
गोलीकाण्डपछि उ झोला र राइफल गल्लीमा छोडेर भागदौडकाबीच भिडबाट बाहिरिएको थियो । उसको झोलामा अझै केही गोली बांकी रहेको बताइएको छ । उसको योजना स्कुल भवनबाट टेनिस कोर्टतिर भाग्ने थियो । फायरिंग र फायर अलार्मको एकोहोरो आवाजमा दौडिरहेका बिद्यार्थीहरुसंगै उ बिद्यालयबाट बाहिरिन चाहन्थ्यो । तर उ भवनको पश्चिम तर्फबाट भाग्न सफल भएको थियो । उसले छानीछानी चारवटा कक्षा कोठालाई लक्षित गरेर गोलीबारी गरेको थियो ।
स्कुलबाट बाहिरिएपछि उ नजिकैको वालमार्टको सबवे रेष्टुरेण्टमा गएर पेय पदार्थ किनेर म्याकडानल्डमा पुगेको थियो ।  त्यहा उसले एक ह्याम बर्गर अर्डर गऱ्यो र केहीबेर त्यहा बिताएर उ पैदल निस्केको थियो ।  तर उसले अर्डर गरेको ह्यामबर्गर भने उसले लिएन । त्यहाबाट केही पर हिडिरहेको अवस्थामा उसलाई प्रहरीले पक्राउ गरेको थियो । बिना कुनै प्रतिरोध उसले आफूलाई प्रहरीको जिम्मा लगाएको थियो ।
क्रुजबारे अर्को एउटा आश्चर्यजनक तथ्य के पनि बाहिर आएको छ भने उसले सेप्टेम्वर २५ मा युटुवमा आफू बिद्यालयको प्रोफेशनल सुटर बन्न गइरहेको बताएको थियो । निकोलस क्रुजको नामबाट गरिएको उक्त युटुव कमेण्टपछि डिलिट गरिएको पाइएको थियो । उक्त कमेण्टमा देखिएको नाम र सुटर एकै भए नभएकोबारे पनि प्रहरीले छानबीन गरिरहेको छ ।
पुलिसले क्रुजलाई ह्वाइट पिपुल्स लाई सर्बोपरी ठान्ने एक संस्थासंग आबद्ध भएको सूचना प्राप्त गरेको पनि बताएको छ ।
क्रुजले बुधबार विद्यालयमा चलाएको अन्धाधुन्ध गोली प्रहारबाट शिक्षक, खेल प्रशिक्षक सहित १७ जना विद्यार्थीको मृत्यु भएको थियो ।
केनेपाल न्यूज केन्टकी

No comments:

Post a Comment