रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो देशसंग विश्वकै शक्तिशाली हतियार रहेको भन्दै त्यहाको संसदमा एक भिडियो प्रदर्शन गरेपछि नयां तरंग पैदा भएको छ । उनले प्रदर्शन गरेको शक्तिशाली भिडियो ग्राफिक्स प्रदर्शनीमा अमेरीकाको फ्लोरिडामा मिसाइलको बर्षा भएको देखाइएको छ ।
रुसी संसदको आफ्नो बार्षिक संबोधनमा उनले रुसी हतियारको नमुना पेश गर्दै उनले ति हतियारलाई कहिल्यै नहार्ने हतियार भनि टिप्पणी समेत गरेका छन् । ति हतियारमा एक दीपबाट अर्को दिपसम्म् आक्रमण गर्नसक्ने मिसाइलदेखि हाइपरसोनिक रकेट तथा लेजर बीमवाला हतियार समेत रहेका छन् ।
उनले संसदलाई संबोधन गर्दै भने, 'पहिले हामीसंग यस्तो हतियार थिएन । त्यसैले हाम्रो कुरा कसैले सुन्दैनथे । 'अब हाम्रो कुरा सुन । ' उनले रुससंग भएको यो हतियार दुनियामा कसैसंग नभएको र यो अति शक्तिशाली भएको पनि दाबी गरे ।
उनले देखाएको भिडियो ग्राफिक्समा अमेरीकाको फ्लोरिडामा मिसाइलको बर्षा भएको देखाइएपछि अमेरीकाले त्यसबारे प्रतिकृया दिएको छ ।
अमेरीकी रक्षा बिभागका प्रवक्ताले रुसको यो शक्ती प्रदर्शन कुनै आश्चर्यजनक नभएको बताउदै भने, 'अमेरीकी जनता आश्वस्त रहनुस । हामी पुरै तयारीमा छौ ।'
रुसको यो भिडियो एनिमेशनमा किन फ्लारिडामा कयौ मिसाइल लक्षित गरियो भनेर बिभिन्न बिष्लेषण् भइरहेको छ ।
फ्लोरिडामा घना आवादी भएको अमेरीकाको पर्यटकीय स्थल हो ।त्यहा डिजनी वल्र्ड र एवरग्लेडस नेशनल पार्कजस्तो महत्वपूर्ण पर्यटकीय स्थल छ ।
त्यहा अमेरीकी राराष्ट्रपति डानल्ड टम्पको बहुचर्चित मार- ए- लागो रिसोर्ट पनि छ । जहा राष्टपति बनेपछि टम्पले कयौ विकेण्ड गुजारेका छन् । त्यहा कयौ परमाणु बन्कर रहेका छन् ।
रुसको अर्को लक्ष अमेरीकी सेन्टल कमाण्ड पनि हुनसक्छ । त्यसले मध्यपूर्व, मध्य एसिया र उत्तर अफ्रिकाको केही हिस्सामा युद्ध अप्रेशनको जिम्मेवारी बहन गर्छ ।
बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज केण्टकी लुइभील
No comments:
Post a Comment