Monday, March 5, 2018

स्कुले बिद्यार्थीहरुको लागि लुइभीलका मेयरको समर जब अफर


लुइभीलका मेयर ग्रेग फिशरले आज सन २०१८ को समर वर्कस प्रोग्रामको घोषणा गर्नुभएको छ । १६ देखि २१ बर्ष उमेर समूहका लुइभीलका स्कुलेहरुको जबको लागि उक्त कार्यक्रम लक्षित हुनेछ ।
गत बर्ष यस्तै कार्यक्रमबाट लुइभीलका ५ हजार युवायुवतीले स्थानीय १ सय ६० कम्पनीमा रोजगारी पाएका थिए । यसपाली उक्त संख्या रोजगारी पाउनेको संख्या धेरै हुने अनुमान गरिएको छ । अहिलेसम्म् २ हजारले आवेदन दिइसकेका छन् ।
समरको स्कुल विदामा रहेका युवा युवतिलाइ रोजागारी दिन सन २०११ देखि लुइभीलमा यस्तो कार्यक्रम संचालन गरिदै आएको छ । सन २०११ यता यो कार्यक्रमबाट १६ हजारले रोजागारी पाएका छन् ।
इच्छुकहरुले निम्म ठेगाना र मितिमा हुने जब फेयर मेलामा भाग लिन सक्नेछन ।
12-3 p.m. on Saturday, March 24, at the Louisville Central Community Center at 1300 West Muhammad Ali Boulevard.
यो ठेगानामा गएर फर्म भर्न सकिनेछ । https://www.summerworks.org/sign-up 

जेफरशन काउण्टीमा हेपाटाइटिस ए को चिन्ता


केण्टकीको जेफरशन काउण्टीमा हेपाटाइटीस ए प्रकोपको रुपमा फैलिएपछि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
लुइभिल मेट्रो डिपार्टमेण्ट अफ पब्लिक हेल्थ एण्ड वेलनेशले नोभेम्बर ११ देखि अहिलेसम्म् जेफरशन काउण्टीमा १ सय १५ जनामा हेपाटाइटिस ए फेला परेको जनाएको छ । जेफरशन काउण्टीमा गत बर्षहरुमा बार्षिक औसत २० जनामा हेपाटाइटिस ए देखापर्ने गरेको थियो । तर पछिल्लो महिनाहरुमा यसको संक्रमण धेरैमा पाइएपछि चिन्ता ब्यक्त गरिएको हो । दुषित सतहको कारण फैलने हेपाटाइटिस ए सामान्य सम्पर्कबाटै संक्रमण हुन्छ ।
हेपाटाइटिस ए संक्रमित ब्यक्तिले छोएको खाना तथा अन्य बस्तुहरु जो कसैले प्रयोग गर्दा पनि संक्रमणको सम्भावना रहन्छ । हेपाटाइटिस ए संक्रमित ब्यक्तिले छोएको कुनै सतहमा छुदा समेत संक्रमणको खतरा हुने चिकित्सकहरुले बताएका छन् । जस्तै गत शुक्रबार मात्र डिक्सी हाइवेस्थित क्रोगर स्टोरको एक कामदारमा हेपाटाइटिस ए फेला परेको थियो । क्रोगरले उसले स्टोरमा छोएको सबै बिक्रिको फुड नष्ट पारेको थियो भने सबै कष्टमरलाई उक्त क्रोगर स्टोरबाट किनेको फुड नष्ट पार्न आग्रह गरेको थियो ।
वान्ता भइरहनु, पेट दुख्नु , शरीर तथा आंखा पहेलो हुदै जानु, पिसाव कालो जस्तो देखिनु आदि यसको लक्षण हुन ।
एकदमै बिरामी हुनु र तुरुन्तै ठिक भएको महशुस गर्नु पनि यसको लक्षण अन्तरगत पर्छ । यसबाट जोगिने सबैभन्दा उपयुक्त उपाय भनेको भ्याक्सिन नै हो ।
भ्याक्सिन दुइ पटक लिनुपर्छ । पहिलो चोटि लिएको छ महिनापछि अर्को भ्याक्सिन लिनुपर्छ । एक पटक मात्र भ्याक्सिन लिए केही बषै जोगिन सकिन्छ तर दुइ पटक नै लिए यसले आजीवन काम गर्छ ।
केनेपाल न्यूज केन्टकी लुइभील

Friday, March 2, 2018

रुसले फ्लोरिडामा मिसाइल बर्षा भइरहेको भिडियो प्रदर्शन गरेपछि...


रुसी राष्ट्रपति  भ्लादमिर पुटिनले आफ्नो देशसंग विश्वकै शक्तिशाली हतियार रहेको भन्दै त्यहाको संसदमा एक भिडियो प्रदर्शन गरेपछि नयां तरंग पैदा भएको छ । उनले प्रदर्शन गरेको शक्तिशाली भिडियो ग्राफिक्स प्रदर्शनीमा अमेरीकाको फ्लोरिडामा मिसाइलको बर्षा भएको देखाइएको छ ।
रुसी संसदको आफ्नो बार्षिक संबोधनमा उनले रुसी हतियारको नमुना पेश गर्दै उनले ति हतियारलाई कहिल्यै नहार्ने हतियार भनि टिप्पणी समेत गरेका छन् । ति हतियारमा एक दीपबाट अर्को दिपसम्म् आक्रमण गर्नसक्ने मिसाइलदेखि हाइपरसोनिक रकेट तथा लेजर बीमवाला हतियार समेत रहेका छन् ।
उनले संसदलाई संबोधन गर्दै भने, 'पहिले हामीसंग यस्तो हतियार थिएन । त्यसैले हाम्रो कुरा कसैले सुन्दैनथे । 'अब हाम्रो कुरा सुन । ' उनले रुससंग भएको यो हतियार दुनियामा कसैसंग नभएको र यो अति शक्तिशाली भएको पनि दाबी गरे ।
उनले देखाएको भिडियो ग्राफिक्समा अमेरीकाको फ्लोरिडामा मिसाइलको बर्षा भएको देखाइएपछि अमेरीकाले त्यसबारे प्रतिकृया दिएको छ ।
अमेरीकी रक्षा बिभागका प्रवक्ताले रुसको यो शक्ती प्रदर्शन कुनै आश्चर्यजनक नभएको बताउदै भने, 'अमेरीकी जनता आश्वस्त रहनुस । हामी पुरै तयारीमा छौ ।'
रुसको यो भिडियो एनिमेशनमा किन फ्लारिडामा कयौ मिसाइल लक्षित गरियो भनेर बिभिन्न बिष्लेषण् भइरहेको छ ।
फ्लोरिडामा घना आवादी भएको अमेरीकाको पर्यटकीय स्थल हो ।त्यहा डिजनी वल्र्ड र एवरग्लेडस नेशनल पार्कजस्तो महत्वपूर्ण पर्यटकीय स्थल छ ।
त्यहा अमेरीकी राराष्ट्रपति  डानल्ड टम्पको बहुचर्चित मार- ए- लागो रिसोर्ट पनि छ । जहा राष्टपति बनेपछि टम्पले कयौ विकेण्ड गुजारेका छन् । त्यहा कयौ परमाणु बन्कर रहेका छन् ।
रुसको अर्को लक्ष अमेरीकी सेन्टल कमाण्ड पनि हुनसक्छ । त्यसले मध्यपूर्व, मध्य एसिया र उत्तर अफ्रिकाको केही हिस्सामा युद्ध अप्रेशनको जिम्मेवारी बहन गर्छ ।
बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज केण्टकी लुइभील

Sunday, February 25, 2018

पहिलो चोटी घर किन्दा केण्टकीमा कसरी प्राप्त गर्ने १० हजार गिफ्ट ?

- बिष्णु कार्की
के तपाइ पहिलो पटक केण्टकीमा घर किन्दै हुनुहुन्छ  ? तपाइले फस्ट टाइम होम बायरर्सलाई १० हजार र १५ हजार गिफ्टको कुरा सुन्नु भएको छ  ?त्यो के हो  ? र कसरी प्राप्त गर्न सकिन्छ  ? यसबारे यहा  खुलाउने प्रयास गरिएको छ ।
अमेरीका आर्थिक रुपले धरासायी भएको बेला सन २००८ मा एकदमै प्रभावित राज्यहरुलाई U.S. Treasury’sले 'हार्डेस्ट हिट फण्ड' उपलब्ध गराएको थियो । फेडरल गर्भमेण्टको स्विकृति पछि त्यो फण्डबाट केण्टकी राज्यको भागमा ट्रबल असेस्ट रिलिफ प्रोगामको लागि २ सय ७ मिलियन प्राप्त भएको थियो । त्यतिबेर अमेरीकाका सबै राज्यहरुलाई कूल ७ सय बिलियन उपलब्ध गराइएको थियो ।
उक्त रकमलाई बिभिन्न शिर्षकमा राखेर खर्च गर्ने लक्ष्य राखिएको थियो ।  जस्तै बैंक बेलआउट फण्ड, अनइम्प्लोइोण्ट ब्रिज प्रोग्राम आदि  । कंग्रेसले बैंक बेलआउट फण्डको ४६ मिलियन डलरलाई स्टेट बेस कार्यक्रममा खर्च गर्न सकिने स्विकृति दिएपछि  केण्टकीमा उक्त रकम फस्ट टाइम होम बायर्समा खर्च गर्न थालिएको हो ।
त्यसैगरी अनइम्पोइोण्ट फण्डको अर्को २० लाख डलर पनि फस्ट टाइम होम बायर्स कार्यक्रममा खर्च गर्ने केण्टकीले निर्णय गरेको छ । 'जब' गुमाएर घरको ऋण तिर्न नसकिरहेका ९ हजार ४ सय जनालाई उक्त कार्यक्रमले सहयोग गरिसकेको छ । त्यस्तो कार्यक्रमलाई अनइम्पोइोण्ट ब्रिज प्रोगाम भनिन्छ । जो अझै केण्टकीमा उपलब्ध छ । यो बर्षको जुन महिनासम्म् त्यसको लागि आवेदन गर्न सकिन्छ । जस् अनतर्गत घरको ऋण तिर्न १५ हजार डलरसम्म् सहायता पाउन सकिन्छ ।
सन २०२० सम्म खर्च उक्त रकम खर्च हुने अनुमान गरिएको छ  । बेरोजगारी दरमा सुधार भएपछि उक्त फण्डमा बचेको रकमबाट केण्टकीले फस्ट टाइम होम बायरर्सलाई १० हजार दिने निर्णय गरेको छ । केन्टकी हाउजिंग ग्रुपको यो सहयोग केण्टकीको चार काउण्टीमामात्र उपलब्ध छ ।
ति काउण्टीहरु हुन - Jefferson, Hardin, Kenton and Christian counties
अहिलेसम्म २४ मिलियन डलर फस्ट टाइम होम बायर्समा खर्च गरिसकिएको छ । 
के हो १० हजार ?
केण्टकी हाउजिंग ग्रुपले उक्त चार काउण्टीका फस्ट टाइम होम बायर्सलाई १० हजार डलर सहयोग गर्छ । यसलाई 'डाउन पेमेण्ट गिफ्टस ' भनिन्छ । भर्खरै जनबरी ९ देखि जनबरी १८ सम्म यो फण्डबाट फस्ट टाइम होम बायर्सलाई सहयोग गरिएको थियो । यो सिजनमा ४ सय ३२ जनाले उक्त सुविधा प्राप्त गरेका छन् । तर यो सुविधा कुन कुन महिनामा दिइन्छ भनेर पूर्ब सूचना दिइदैन । एउटा निश्चित समयमा यसको आवेदन मागिन्छ । गत बर्षहरुको अनुभवको आधारमा यो अब सन २०१८ र २०१९ को जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा पुन खोलिनेछ । यसैगरी सन २०१९ को जनबरी महिनामा । सबै प्रकृया पूरा गरेर एजेण्टको सम्पर्कमा बसे ति महिनामा तपाइले पनि उक्त सुविधा पाउन सक्नुहुन्छ ।
केनेपाल न्यूज केन्टकी लुइभील

Saturday, February 24, 2018

लुइभीलमा दुइ सेल्टर / लुइभील आसपासका कयौ सडक बन्द


अबिरल बर्षाले ओहायो नदी आसपासका बस्तीहरु तथा अन्य साना नदी, खोला र जमेको पानीले केण्टकीका हजारौ परिवार प्रभावित भइरहदा अमेरीकन रेडक्रसले केही सेल्टरहरु खोलेको छ ।
लुइभीलमा रेडक्रसका दुइवटा सेल्टरहरु छन् । उक्त सेल्टरहरु बाढी पीडितहरुका लागि आजबाट अमेरीकन रेडक्रसले संचालनमा ल्याएको हो ।
लुइभीलमा रहेका सेल्टरहरु-
Thomas Jefferson Unitarian Church - 4936 Brownsboro Road (Louisville, Ky.)
First Christian Church - 3209 Middle Road (Jeffersonville, Ind.)
यसैबीच बाढीका कारण लुइभील र आसपासका दर्जनौ सडक बन्द गरिएका छन् । अत्यावश्यक काम नपरी यो विकेण्डमा कतै यात्रा नगर्नु नै बेश हुनेछ ।
आज अर्थात शनिबार विहान १० बजेर १९ मिनेटको अपडेट अनुसार लुइभील एरीयाका निम्न सडकहरु बाढीको कारण बन्द छन् ।

  • Second St at the flood wall
  • Bingham Way at the floodwall
  • I-71 S Zorn Ave off ramp
  • Lower River Rd from Fincastle Tr to Watson Lane
  • Lower River Rd at Fincastle Tr
  • I-64 off ramp to 3rd Street
  • Adams St from Story Ave to Cabel St
  • Mellwood Ave from Edith Rd to Brownsboro Rd
  • 10th St at the floodwall
  • 27th St at the floodwall
  • Intersection of Rivera Dr and Riverside Dr
  • Blankenbaker Lane from Rivera Dr to River Rd
  • All of S Overbrook Dr
  • Mellwood Ave at Mockingbird Valley Rd around the soccer center
  • River Rd from Lime Kiln to Wolf Pen Branch
  • Intersection of Second Street and River Rd
  • Lime Kiln from River Rd to River Knolls Dr
  • River Rd from Lime Kiln to Captain's Quarters
  • Bass Rd from start of Hayes Kennedy Pk to Beachland Beach Rd
  • Edith Rd from River Rd to Mellwood
  • Mellwood Ave from Edith Rd to Highwood Drive
  • Zorn Ave from 1041 Zorn to River Rd
  • Mellwood Ave from Edith Rd to Zorn Ave
  • Frankfort Ave from near River Rd to East Washington
  • Intersection of Mockingbird Valley Rd and Mellwood Ave
  • Intersection of Campbell and Adams streets
  • Intersection of Adams St & E Witherspoon
  • River Rd from 3rd  St to 7th St
  • Mayfair Ave from Transylvania Beach Rd up to 6400 Mayfield Ave
  • Captain Quarters Rd to River Rd
  • River Rd from Different Strokes Golf Course (3742 River Rd)  to Indian Hills Trl
  • Indian Hills Trail from River Bluff to River Rd
  • Katherine Station Rd - it is still closed all the up to Dixie Hwy
  • River Rd at Indian Hills all the way to the Louisville Boat Club (4200 River Rd)
  • River Rd at Blankenbaker to Indian Hills Trl
  • Mayfair Ave from River Rd to Transylvania Beach Rd
  • River Rd & Harbortown Rd
  • Juniper Beach




Friday, February 23, 2018

केण्टकीमा 'स्टेट इमर्जेन्सी ' घोषणा


सन् १९९७ पछि बिशेषगरी पूर्बी केण्टकी राज्यलाई  प्रभावित गर्ने गरी ओहायो नदीमा बाढी आएको छ । अहिलेको बाढी ५० बर्षमा दोश्रो र १९९७ पछिको सबैभन्दा ठूलो हो । बाढीले पूर्बी केण्टकीको जनजीवन प्रभावित पारेको र कयौ घरहरु डुबान भएको समाचारहरु आइरहदा  ठूलो क्षतिको विवरण आएको छैन, सन १९९७ को जस्तो ।
त्यतिबेर लुइभिल क्षेत्रमा मात्रै ५० हजार घरहरु धेरथोर बाढीबाट प्रभावित भएका थिए भने २ सय मिलियन बराबरको सम्पति क्षति भएको थियो । दशौ हजारलाई सुरक्षित स्थलमा सारिएको थियो । तीन जनाको बाढीमा मृत्यु भएको थियो ।
यसैबीच आज राति केण्टकीका गभर्नर म्याट वेभिनले स्टेट इमरजेन्सी घोषणा गरेर उद्धार र राहतमा सकृयतापूर्वक लाग्न निर्देशन दिनुभएको छ । वेभिनको कार्यालयद्वारा जारी गरिएको बिज्ञप्तिमा इमर्जेन्सी अवधिमा कम्तिमा ३० दिनसम्म बाढी प्रभावितलाई राहतहोस भनेर मूल्य बृद्धि गर्न नपाउने कानुनलाई सकृय पारिएको जानकारी दिइएको छ । १७ काउण्टी र दुई शहरमा अहिलेसम्म् इमर्जेन्सी घोषणा गरिएको हो । दुइ शहरहरुमा Covington, in Kenton County, and Augusta, in Bracken County रहेका छन । त्यसैगरी १७ काउण्टीहरुमा Ballard, Boone, Campbell, Daviess, Fulton, Gallatin, Graves, Henderson, Hickman, Kenton, Lewis, Livingston, Lyon, Marshall, Ohio, Union and Webster. रहेका छन् । शनिबार राति पनि भीषण पानी पर्ने मौसम भविष्यवाणीकाबीच नदीमा पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ ।
केनेपाल न्यूज केन्टकी लुइभील

Wednesday, February 21, 2018

रेडियोमा बोल्दा बोल्दै बच्चा जन्मियो


अमेरीकाको एक रेडियो प्रस्तोताले एक लाइभ शोमा बच्चा जन्माएकी छिन । अमेरीकाको सेंट लुइसको द आर्क रेडियो स्टेशनकी कार्यक्रम प्रस्तोतालाई उक्त कार्यक्रमको लागि बिशेष ब्यवस्था मिलाइएको थियो ।
रेडियो प्रस्तोता केसेड प्राक्टरलाई प्रशब पीडा सुरु भएपछि रेडियो स्टेशनले अस्पताल भर्ना गरेको थियो । अस्पताल कक्षबाटै रेडियोले बिशेष प्रशारणको प्रबन्ध गरेको थियो ।
उनले बीबीसीसंग कुरा गर्दै उक्त क्षणको शानदार अनुभव लिन पाएको बताइन । डक्टरले दिएको डेलिभरी मिति भन्दा अघिनै बच्चा हुने भएपछि अचानक शोको तयारी गर्नुपरेको  थियो ।
प्राक्टरले भनिन, आफ्नो जीवनको यस्तो दुर्लभ र बिशेष पल श्रोताहरुसंग प्रतक्ष्य बाड्नु शानदार क्षण थियो । यो मेरो जिवनको उत्कृष्ट अनुभव हो ।
उनले आफ्नो जीवनको हरेक पल श्रोताहरुसंग सेयर गर्न आफु इच्छुक भएको पनि बताइन ।
उनले आफ्नो बच्चाको नाम जेमसन राखेकी छिन । यो नाम पनि श्रोताहरुको राय सल्लाह पछि राखिएको थियो ।
बच्चा जन्म हुनु पहिले नै रेडियोमा के नाम राख्ने भनेर भोटिंग भएको थियो । कार्यक्रमका निर्देशक स्कट राडीले एक पत्रिकासंग भनेका छन, दम्पतिले चुनेको १२ नाममध्ये के राख्ने भनेर भोटिंग सुरु गरिएको थियो । जेमसन जन्मने बेला सम्म भोटिंग खुल्ला गरिएको थियो ।
केनेपाल न्यूज केन्टकी